फ्याक्ट्रीको मैला पानी घरभित्र पसेपछि स्थानीय मानिसहरूद्वारा प्रदर्शन

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत ठाकुरनगर रेलगेट इलाकामा फ्याक्ट्रीको मैला पानी छेउछाउका घरहरूमा पसेपछि स्थानीय मानिसहरूले फ्याक्ट्री अघि विरोध प्रदर्शन गरे। ठाकुरनगर रेलगेट इलाकामा रम-रक्सी र कुरकुरेको फ्याक्ट्री छ। स्थानीय मानिसहरूको आरोप अनुसार धेरै दिनदेखि उक्त फ्याक्ट्रीको मैला पानी इलाकाका घरहरूमा पसिरहेकोले गर्दा समय-समयमा मानिसहरू बिमारी भइरहेका छन्। यसै बीच केही दिनदेखि लगातार परिरहेको अधिक वर्षाले गर्दा फ्याक्ट्रीको एउटा देवाल सडकमा ढलेपछि फ्याक्ट्रीको मैला पानी इलाकामा फैलिएको छ। केही दिन अघि उक्त पानी पिउँदा भैँसी तथा प्रवासी पक्षीहरू मरेको थियो। यसैले आज आक्रोशित मानिसहरूले उक्त फ्याक्ट्रीमा गएर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थानाको  विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। स्थानीय पञ्चायत सदस्य भवतोष राय पनि घटनास्थलमा पुगेका थिए। तिनले बताएअनुसार धेरैपल्ट उक्त फ्याक्ट्री कर्तृपक्षलाई पत्राचार गरे तापनि कुनै पहल गरेको छैन। स्थानीय मानिसहरूले बताएअनुसार यदि चाँडै यस समस्याको समाधान नगरेको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्नेछौँ। अर्कोतिर, कम्पनीका जनरल म्यानेजरले भने, गाइडलाइन अनुसार काम गरिरहेका छौँ। वर्षाको कारण पानी बाहिर बगिरहेको छ। आफूहरूले जानीजानी यस्तो गरेको होइन। यसबारे ध्यान दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş