फालाकाटामा बाइसनले आक्रमण गर्दा एकजना घाइते

अलीपुरद्वार, 17 अप्रेल (निसं): फालाकाटामा बाइसनले आक्रमण गर्दा एकजना व्यक्ति घाइते भएका छन्। घाइते व्यक्तिको नाम विश्वजीत विश्वास हो। जानकारी अनुसार, आज बिहान दुईवटा बाइसन फालाकाटा नगरको वार्ड नम्बर 1 र 2 स्थित चुआखोला क्षेत्रमा पसेर ताण्डव मच्चाउन थाले।
त्यसबेला विश्वजीत विश्वास नामका एकजना व्यक्ति खेतमा काम गरिरहेका थिए। यसै क्रममा तिनलाई एउटा बाइसनले पछाडीबाट आक्रमण गर्यो, जसका कारण उनी गम्भीर घाइते भए।
घटनापछि घाइतेलाई उद्धार गरेर फालाकाटा सुपर स्पेशलिटी अस्पताल लगिएको थियो। तर, अवस्था जटिल देखिएपछि उनलाई कूचबिहार रेफर गरिएको छ। बाइसनहरूले उक्त क्षेत्रमा अर्का एकजना व्यक्तिमाथि पनि आक्रमण गरेको बताइएको छ। यो घटनापछि सम्पूर्ण इलाकामा डरको माहोल फैलिएको छ। खबर पाउने बित्तिकै वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *