फालाकाटा स्कूलमा प्रधानाध्यापक आफै क्लर्क र अन्य कामहरू गर्न वाध्य

अलीपुरद्वार, 10 अप्रेल (निसं): फालाकाटास्थित मयरारडांगा गोप्पू मेमोरियल हाई स्कुलको अवस्था हाल निकै चिन्ताजनक बनेको छ। यस स्कुलमा प्रधानाध्यापकले केवल शैक्षिक कार्य मात्र होइन, प्रशासनिक र अन्य कामहरू पनि आफैं गर्दै आएका छन्। उनले बिहान स्कुलको ढोका खोल्ने, घण्टी बजाउने, कागज पत्रहरू मिलाउनेदेखि लिएर आवश्यक अन्य सबै काम पनि गरिरहेका छन्।
सुप्रिम कोर्टको निर्णयपछि फालाकाटास्थित यस स्कुलका एकजना शिक्षक र तीन जना ग्रुप ‘डी’ कर्मचारीहरूको नोकरी गुमेको छ। स्कुलमा हाल लगभग 2200 विद्यार्थीहरू अध्ययनरत छन्। प्रधानाध्यापक फिरोज खानको स्कुलको ताला खोल्नेदेखि घण्टी बजाउने, सूचना दिन एक कक्षाबाट अर्को कक्षासम्म दौडिनुपर्ने अवस्था आएको छ।
प्राप्त जानकारी अनुसार स्कुलका 38 जना शिक्षकहरू मध्ये एकजना गणित शिक्षकले नोकरी गुमाएका छन् भने ग्रुप ‘डी’ का तीनजना कर्मचारीहरूले पनि आफ्नो नोकरी गुमाएका छन्। एकैपल्टमा, चारजना सहकर्मी गुमाउँदा स्वाभाविक रूपमा बाँकी शिक्षक र कर्मचारीहरू चिन्तामा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *