अलीपुरद्वार (निसं): आरजी कर अस्पताल एवं मेडिकल कलेजको घटना पछि प्रशासनले विभिन्न अस्पतालहरूमा सुरक्षा व्यवस्था कठोर गरेको छ। यसैक्रममा, अलीपुरद्वार जिल्लाको फालाकाटा सुपर स्पेशलिटी अस्पताल बाहिर सुरक्षा सुनिश्चित गर्नका लागि फालाकाटा ट्राफिक पुलिसले अस्पताल परिसरको भितिर अवैध पार्किङ रोक्नको लागि पहल सुरू गरेको छ। आज बिहान फालाकाटा ट्राफिक ओसीको नेतृत्वमा एउटा टीमले फालाकाटा सुपर स्पेशलिटी अस्पतालको भित्र रहेको अवैध पार्किङ हटाइ दिएको छ। फालाकाटा ट्राफिक ओसी सादिकुर रहमानले बताए अनुसार केवल बिमारीहरू लिएर आउने वाहन अनि टोटोहरूलाई मात्र भित्र प्रवेश गर्ने अनुमति रहेको छ। अस्पताल परिसरभित्र कुनै प्रकारको पार्किङ अथवा वाहनहरू रोकेर राख्ने अनुमति छैन। अस्पताल भित्र बिना कारण अवैध रूपले राखेको टोटो अनि वाहनहरू विरूद्ध कठोर कार्वाही गरिने छ।