फारम भर्ने पुरोहितहरूको सुकेपोखरी खण्डमा भीड

सुकेपोखरी : पश्चिम बङ्गाल सरकारको स्टेट वेलफेयर स्कीम मार्फत्  बीपीएल वर्गमा पर्ने विभिन्न सम्प्रदायका पुरोहितहरूलाई राज्य सरकारद्वारा मासिक भत्तासँगै अन्य सरकारी साहुलियत प्रदान गरिने प्रावधान शुरू गरेको छ। यसैले गर्दा हाल जोरबङ्लो सुकेपोखरी खण्डको विभिन्न ग्राम पञ्चायत क्षेत्रमा यसको निम्ति फारम भर्ने कार्य धमाधम चलिरहेको छ। पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत रहेको नागरी फार्म चियाबारी, धजे चियाबारी तथा बस्ती एवम् मगरजोङ चियाबारीका पुरोहित समुदायकाहरू पनि फारम भर्नको निम्ति दिनहुँ धेरै संख्यामा उपस्थित भइरहेका छन्। उक्त योजनाबारे पञ्चायत तीनका अधिकारी महेन्द्र सिञ्चुरीले विस्तृत जानकारी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *