सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो।
उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा खुल्ला स्थानमा मिठाईहरू राखिएको साथै सर-सफाइमा पनि लापरवाही गरेको देखिए पछि दोकानविरुद्ध नोटिस जारी गर्दै कारबाहीको आदेश दिएको छ।
यस्तै, केही होटल र रेस्टुरेन्टहरूमा ग्राहकलाई दिइने परिकारहरूमा हानिकारक रङ प्रयोग गरिएको फेला पर्योन। अनुगमन टोलीले यस्ता सबै व्यवसायलाई चेतावनी दिँदै हानिकारक रङको प्रयोगमा प्रतिबन्ध लगाएको छ।
त्यसैगरी, आशीघर मोड नजिकको एउटा होटलमा घरेलु प्रयोगका लागि तोकिएका 3 एलपीजी ग्यास सिलिन्डर अवैध रूपमा प्रयोग गरिरहेको भेट्टाइए पछि ती सिलिन्डरहरू जफत गरिएको छ।
आजको अभियानमा सरसफाइ कायम राख्न र ग्राहकहरूलाई गुणस्तरीय तथा ताजा खाना मात्र परोस्न निर्देशन दिएको छ। दार्जीलिङ जिल्ला फूड सेफ्टी विभागका अनुसार नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिनेछ र यस्तो अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ।