सिलगढी : फोरम फर ह्युम्यानिटी स्वैच्छिक संस्थाद्वारा सिलगढी नगरनिगमको वार्ड नम्बर 32 अन्तर्गत पर्ने तिनबत्ती मोड़ स्कुल मैदानमा आज रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा ब्लड शुगर टेस्ट र ईसीजी टेस्टको पनि व्यवस्था गरिएको छ। उक्त शिविरमा वार्डका धेरैजना मानिसहरूको आफ्नो स्वास्थ्य जाँच गराए। उक्त शिविरमा लगभग 100 युनिट रगत संग्रह गरियो भने संग्रहित गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइएको बताइएको छ। शिविरमा 32 नम्बर वार्डका को-अर्डिनेटर तापस च्याटर्जी लगायत संस्थाका धेरैजना सदस्यहरू उपस्थित थिए।