फूलबारी भारत- बङ्ग्लादेश सीमामा कठोर सुरक्षा व्यवस्था, घर फर्किँदैछन् बङ्ग्लादेशी नागरिक

 


फूलबारी (निसं): बङ्ग्लादेशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर सीमा इलाकामा सुरक्षा व्यवस्था कठोर गरिदिएको छ। दुवै देशका नागरिकहरू कठोर सुरक्षा व्यवस्थाबीच फूलबारी भारत- बङ्ग्लादेश सिमानाबाट आवाजाही गरिरहेका छन्। सोमवार पछि आज बिहानैदेखि दुवै देशका नागरिकहरू सिमानाबाट आवाजाही गरिरहेका छन्। स्मरण रहोस, छात्र आन्दोलनले अति उग्र रूप लिएपछि शेख हसीनाले सोमवार बङ्ग्लादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देश छोडेकी छन्। यसपछि बङ्ग्लादेशको विभिन्न ठाउँहरूमा प्रदर्शनकारीहरू देखा परेका छन्। यस्तो परिस्थितिमा भारत- बङ्ग्लादेश सिमानामा स्थिति सामान्य रहोस भन्ने उद्देश्य लिएर सुरक्षा व्यवस्था अति कठोर गरिएको छ।

यसैबीच, देशमा भइरहेको उग्र प्रदर्शन पछि भारतमा आएका धेरैजसो नागरिकहरू आज बङ्ग्लादेश फर्किरहेको देखियो। बङ्ग्लादेश जाने नागरिकहरूले बताए अनुसार अब स्थिति विस्तारै सामान्य बन्दै गइरहेको छ। देशमा फेरि शान्ति फर्की आउनु पर्ने तिनीहरूले मांग गरेका छन्।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet