फुलबारीको टिस्टा क्यानलबाट शिशुको शव उद्धार

सिलगढी : फुलबारीको टिस्टा क्यानलबाट एउटा शिशुको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो फुलबारीको पश्चिम धनतला इलाकाको टिस्टा क्यानलमा केही युवकहरूले माछा मारिरहेको समय एउटा शिशुको शव तैरिरहेको देखे। यसपछि युवकहरूले शिशुको शव उद्धार गरेर पुलिसलाई घटनाबारे जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *