सिलगढी, 13 जनवरी (निसं): सिलगढी संलग्न फूलबारी क्षेत्रमा रहेको एउटा राष्ट्रीयकृत ब्याङ्कमा गत शुक्रबार राति चोरीको घटना घटेको थियो। यसपछि शनिबार र आइतबार ब्याङ्क बन्द थियो। तर, सोमबार बिहान कर्मचारीहरू ब्याङ्क खोल्न जाँदा उनीहरूले ब्याङ्कको पछाडी रहेको गेट भत्किएको अवस्थामा देखे। यसको साथै ब्याङ्क भित्रका केही सामानहरू पनि छरपस्ट थियो। घटनाबारे त्यसपछि एनजेपी थानामा सूचना दियो। खबर पाएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगे। यद्यपि, ब्याङ्क व्यवस्थापनले ब्याङ्कबाट नगद चोरी नभएको दावी गरेको छ। ब्याङ्कका प्रबन्धकले बताए अनुसार अहिलेसम्म चारवटा कम्प्युटर चोरी भइसकेको छ। यद्यपि, चोरहरूले लकरलाई नछोएको बताएका छन्। पुलिसले घटनाको सबै पक्षबाट जाँच गरिरहेको छ। यसैबीच, ब्याङ्कको तल्लो तलामा एउटा एटीएम पनि रहेको छ। ब्याङ्क घरको दोस्रो तल्लामा स्थित छ। दुई जना चोरहरू घरको पछाडिको गेट भत्काएर भित्र पसेको अनि त्यसपछि माथि चढेको सीसीटीभी फुटेज मार्फत थाहा लागेको छ।