फुलबारी : भाजपाले डाकेको 12 घण्टा उत्तर बङ्गाल बन्दको समर्थनमा आज भाजपा समर्थकहरूले फुलबारीमा पथ अवरोध गर्यो। कालियागञ्ज घटनालाई लिएर भाजपाले बोलाएको 12 घण्टा उत्तर बङ्गाल बन्दको अवधि फुलबारीको बटालियन मोड र फुलबारी बटतला मोडमा भाजपाका कार्यकर्ता तथा समर्थकहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसपछि घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा केही आन्दोलनकारीहरूलाई हिरासतमा लिएको छ।
