फूलबारीमा भूसको फ्याक्ट्रीमा आगलागी

फूलबारी, 21 सितम्बर (निसं): फूलबारीमा भूसको फ्याक्ट्रीमा आगो लागेपछि उक्त घटनाले इलाकामा हो-हल्ला मच्चियो। जानकारी अनुसार, आज बिहानै लगभग पाँच बजे सिलगढी संलग्न फूलबारीको इन्डस्ट्रियल पार्कको भित्र रहेको भूस फ्याक्ट्रीमा आगो लाग्यो। उक्त फूलबारी इन्डस्ट्रियल पार्कको भित्र रहेको भूस फ्याक्ट्रीमा धेरै मात्रामा भूसको भण्डार थियो। उक्त भूसको उपयोग यस कारखानामा उच्च गुणवत्ता भएको ईन्धन तयार गर्नको लागि उपयोग गरिन्छ। तर आज बिहानै उक्त फ्याक्ट्रीमा आगो लागेपछि केही मशिन सहित सम्पूर्ण सामान जलेर खरानी भयो। अर्कोतिर, घटनाको खबर पाउन साथ फूलबारीको दमकल विभागको एउटा गाडी घटनास्थलमा पुगेर लगभग दुई घण्टासम्मको प्रयास पछि अन्तमा आगोलाई पूर्ण नियन्त्रणमा ल्यायो। तथापि, उक्त आगलागीको घटनामा कसैलाई पनि कुनै प्रकारको अप्रिय घटना नभएको बताइएको छ। पुलिसले आगो के कारणले लाग्यो भन्ने विषयमा जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom