फूलबारी, 7 अप्रेल (निसं): फूलबारीमा सुनको दोकानमा चोरीको घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। दोकानको छाना भत्काएर बदमासहरूले लाखौं रुपियाँको सुन-चाँदीका गहनाहरू चोरी गरे। गौतम सरकारको सुनको दोकानमा चोरी गत राति सिलगढी संलग्न फूलबारी बजारमा भएको हो। जानकारी अनुसार, बदमासहरूले सबैभन्दा पहिला दोकानको छाना भत्काएर भित्र प्रवेश गरे अनि दोकानको सीसीटीभी क्यामेरालाई लुगाले ढाकेर लाखौं रुपियाँको सुन-चाँदीका गहनाहरू चोरी गरे। दोकानका मालिक गौतम सरकारले भने, ” मेरो पसलमा चोरी भएको कुरा छिमेकीबाट थाहा लाग्यो। आज बिहान दोकानमा शटर खोलेर हेरे, सबै कुरा अस्तव्यस्त थियो। दुईवटा सीसीटीभी क्यामेरामध्ये एउटा लुगाले छोपेको थियो। लाखौं रुपियाँको सुन-चाँदीका गहना चोरी भएको थियो।”
अर्कोतिर, घटनाको सूचना पाएपछि न्यू जलपाईगढी थाना पुलिस टोली घटनास्थलमा पुगेर सीसीटीभी फुटेजको मद्दतले घटनाको जाँच गरिरहेको छ।