फुलबारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा होटल जलेर भष्म

फुलबारी, 16 अक्टोबर (निसं): ग्यास सिलिन्डर विस्फोट हुँदा एउटा खानाको होटल जलेर भष्म भएको छ। यो घटना फुलबारी-2 नम्बर गाउँ पञ्चायतको छोबाभिटा क्षेत्रमा मङ्गलबार राति भएको हो।
प्राप्त जानकारी अनुसार, सिलगढी शान्तिपाडाका एकजना महिलाले तीन वर्षदेखि छोबाभिटामा खानाको होटल सञ्चालन गर्दै आएकी थिइन्। हरेक दिन जस्तै उनले राति लगभग साढे नौ बजे होटल बन्द गरी आफ्नो घर गएकी थिइन्। त्यसपछि स्थानीय वासिन्दाहरूले राती 12.30 बजे जोरदार विस्फोटको आवाज सुने। त्यसपछि स्थानीय मानिसहरूले होटलमा आगो लागेको थाहा पाए। त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो। तर, आगोको कारण होटलको सबै सर-सामान जलेर खाक भएको छ। यसैबीच, विस्फोटको प्रभाव यति भयानक थियो कि होटलको फलामका शटरहरू समेत क्षतिग्रस्त बन्न पुगेको छ। अर्कोतिर, दोकानको मालिकलाई आगो कसरी लागेको हो भन्नो थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/