फुलबारीमा पण्डालको काम गर्न आएका युवकहरूको 3 वटा मोबाइल चोरी

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा चोरले 3 वटा मोबाइल चोरी गरेर चम्पट कसेको छ। प्राप्त जानकारी अनुसार मयनागढी इलाकाबाट 3 जना युवक पण्डालको काम गर्नको लागि फुलबारी आएका थिए। तिनीहरू फुलबारी सुपर मार्केट संलग्न पश्चिम धनतला इलाकामा भाडाको घरमा बस्दै आइरहेका थिए। हिजो कामबाट आएपछि तिनीहरू खाना खाएर आ-आफ्नो फोन चार्जमा लगाएर सुतेका थिए भने बिहान उठ्दा चार्ज गरेको ठाउँबाटै मोबाइल हराएको थाहा पाए। उक्त घरमा जडान गरेको सीसीटीभी क्यामारामा चोर घरमा पसेको तस्विर कैद भएको बताइएको छ। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *