फूलबारीमा पिउने पानीको समस्यालाई समाधान गर्न सौर ऊर्जा सञ्चालित पेयजल रिजर्वरको उद्घाटन

फूलबारी, 11 सितम्बर (निसं): गाउँमा पिउने पानीको समस्यालाई समाधान गर्नका लागि सौर ऊर्जा सञ्चालित पेयजल रिजर्वर स्थापित गरियो। सिलगडी संलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पुटीमारी नजिक लक्ष्मीजोत इलाकामा उक्त पेयजल रिजर्वर स्थापित गरियो। लगभग साढ़े तीन लाख रुपियाँको लागतमा बनिएको उक्त पेयजल रिजर्वरको उद्घाटन आज इलाकाको पञ्चायत सदस्य तथा फूलबारी 2 नम्बर ग्राम पञ्चायतको उपप्रधान किशोर चन्द्र रायले गरे। यस अवसरमा तृणमूल काङ्ग्रेसको डाबग्राम फूलबारी ब्लक उपाध्यक्ष मतीन चन्द्र राय, रियाजुद्दीन मोहम्मद लगायत अन्य मानिसहरू उपस्थित थिए। अर्कोतिर, स्थानीय मानिसहरू शुद्ध पिउने पानी पाएपछि धेरै खुश भएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *