फुलबारीमा तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन

फुलबारी: फुलबारीमा तृणमूल कङ्ग्रेसको 27औँ स्थापना दिवस पालन गरियो। फुलबारी 2 नम्बर अञ्चलको पहलमा फुलबारी मोडमा स्थापना दिवस पालन गरियो। यस अवसरमा केक काटेर स्थापना दिवस पालन गरियो। यसको साथै तृणमूल कङ्ग्रेसका 8 जना वरिष्ठ कार्यकर्तालाई सम्मान जनाउनको साथै विविध कार्यक्रमको माध्यमद्वारा तृणमूल कार्यकर्ताहरूले स्थापना दिवस पालन गरियो। यसबाहेक सिलगढीका मेयर गौतम देवले आवश्यकमन्दहरूलाई न्यानो लुगाफाटा वितरण गरे। यस अवसरमा जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिक, जलपाईगढी जिल्ला परिषदका सदस्य मनिषा राय, आईएनटीटीयुसी-का डाबग्राम फुलबारी ब्लक सभापति सुकान्त कर, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका अञ्चल सभापति रबीउल करिम, गौतम गोस्वामी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *