फूलबारी टिस्टा क्यानलमा नुहाइरहेको समय डुबेर एकजना व्यक्तिको मृत्यु

फूलबारी (निसं): टिस्टा क्यानलमा नुहाइरहेको समय अचानक पानीमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ। यो घटना मंगलवार सिलगढीको फूलबारी कञ्चनबाड़ी संलग्न टिस्टा क्यानलमा घटेको हो। मृतक व्यक्तिको नाम गणेश सरकार (35) हो। तिनी फूलबारी दुई नम्बर ग्राम पञ्चायतका पूर्व धनतलास्थित जयनगर कलोनी निवासी थिए। परिवार अनि स्थानीय सूत्र अनुसार गणेश सरकार मंगलवार अपरान्ह फूलबारीको टिस्टा क्यानलमा नुहाउन गएका थिए। यस अवधि तिनलाई टिस्टा नदीले बगाएर लग्यो। अर्कोतिर, खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेको थियो। पुलिस अनि स्थानीय मानिसहरूको लगातार प्रयास पछि अन्तमा लगभग दुई घन्टापछि उक्त व्यक्तिको शव उद्धार गऱ्यो। यसपछि उद्धार गरेको शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş