फर्नीचर दोकानमा चोरी गरेको आरोपमा दोकानको कर्मचारी पक्राउ

सिलगढी, 11 सेप्टेम्बर (निसं): सिलगढी मेट्रोपलिटनको प्रधाननगर थाना पुलिसले फर्नीचर दोकानमा चोरी गरेको आरोपमा दोकानको एकजना कर्मचारीलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम उमेश छेत्री (32) हो। जानकारी अनुसार उमेश छेत्री पोकाई जोतस्थित एउटा फर्नीचर दोकानमा काम गर्थे। गत अगस्त महिनामा उक्त दोकानमा 35 हजार रूपियाँ चोरी भएको थियो। यसपछि 8 अगस्तको दिन दोकान मालिकले प्रधाननगर थानामा चोरी भएको विषयमा अभियोग दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा पुलिसले मामिलाको जाँच गर्दै अन्तमा घटनाको एक महिना पछि मंगलबार गोप्य सूत्रको सहयोगमा पुलिसले फर्नीचर दोकानमा चोरी गरेको आरोपमा दोकान कै कर्मचारीलाई पक्राउ गरेको छ। आरोपीसित सोधखोज अवधि चोरी भएको 35 हजार रूपियाँबाट 20 हजार रूपियाँ पुलिसले उद्धार गरेको छ। आज पुलिसले पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom