गाई चोरको सन्देहमा 4 जनालाई पक्रेर सुम्पिदिए पुलिसलाई

तुफानगञ्ज : तुफानगञ्जको मारूगञ्ज आलुधोया बजार इलाका निवासीहरूले गाई चोरको सन्देहमा 4 जनालाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिए। प्राप्त जानकारीअनुसार गत एक महिनादेखि उक्त इलाकामा गाई चोरी भइरहेकोले गर्दा यसबारे प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेको गाउँलेहरूले बताए। आज बिहानै उक्त इलाकामा दुईवटा वाहन घुमफिर गरिरहेको देखेपछि स्थानीय मानिसहरूलाई सन्देह लागेर उक्त वाहन रोकेर त्यसमा सवार 4 जना व्यक्तिलाई पक्राउ गर्नको साथै वाहन तोड़फोड गरेको बताइएको छ। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर ती 4 जना व्यक्तिलाई उद्धार गरेर थाना लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet