गैरी गाउँ टुङ्ग र लाब्दा टोली खरसाङ गर्ल्स फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश

खरसाङ : खरसाङ फुटबल एसोसिएशनको आयोजनामा यहाँको मन्टिभियट खेल मैदानमा भइरहेको गर्ल्स फुटबल टुर्नामेन्टको चौथो दिन आज दुईवटा खेल सम्पन्न भयो। आजको खेलमा आ-आफ्नो खेल जितेर गैरी गाउँ टुंग र लाब्दा टोली सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वार्टर फाइनल खेलमा लाब्दा ग्रीनले बुङकुलुङलाई 8-0 गोलको फराकिलो अन्तरले सहजै जीत हासिल गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। यस खेलमा ‘प्लेयर अफ् द म्याच’ लाब्दाको दावा डोमा भोटियालाई खरसाङ फुटबल एसोसिएशनका सह सचिव अल्भरुण छेत्रीको बाहुलीबाट प्रदान गरियो।


त्यसरी नै दोस्रो खेल सोनादा युनाइटेड बनाम गैरी गाउँ टुंगमाझ सम्पन्न भयो, जसमा निर्धारित समयसम्म दुवै दलमाझ 3-3 गोल भएपछि खेलाइएको पेनल्टी शुटआउटमा गैरी गाउँ टुंगले सोनादालाई 5-4 गोलले पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। यस खेलमा ‘प्लेयर अफ् द म्याच’ हुने छेजिङ भोटियालाई खरसाङ फुटबल एसोसिएशनको कार्यकारी अध्यक्ष नर्बु शेर्पाको बाहुलीबाट ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *