गाजलडोबा केनाल रोडमा गाडीले धक्का दिँदा हात्तीको बच्चा घाइते

राजगञ्ज (निसं): गाजलडोबा केनाल रोडमा गाडीको चपेटमा परेर एउटा हात्तीको बच्चा गम्भीर घाइते भएको छ। उक्त घटना बिहीबार बिहान मन्तादारीको गेट बजार इलाकामा भएको हो। गम्भीर रूपमा घाइते भएको हात्तीलाई उद्धार गरेर चिकित्साको लागि सिलगढीको बंगाल सफारीमा पठाइ दिएको छ। स्थानीय मानिसहरूले आज बिहान घाइते अवस्थामा उक्त हात्तीको बच्चा सडकमा देखे। यसपछि घटनाको खबर पाएर मन्तादारी बीट कार्यालयका वन कर्मीहरू घटनास्थलमा आइपुगे। घाइते अवस्थामा हात्तीको बच्चालाई उद्धार गरेपछि वन कर्मीहरूले पिकअप भ्यानमा हालेर उपचारको लागि सिलगढीको बंगाल सफारीमा लगे।  


स्मरण रहोस, फुलबारी-गाजलडोबा केनाल रोडको  गेटबजारदेखि  गाजलडोबासम्म सडकको दुवै किनारमा  घना जंगल छ। तीव्र गतिमा चल्ने वाहनहरूको कारण वन्य जीव दुर्घटनाको शिकार भइरहेको देखिन्छ। यस सम्बन्धमा बैकुण्ठपुर डिभिजनका डीएफओ एम राजाले बताए अनुसार सम्भवत: राति तीव्र गतिमा आएको कुनै गाडीले हात्तीको बच्चालाई धक्का दियो होला। उक्त हात्तीको चिकित्सा बंगाल सफारीमा चलिरहेको तिनले बताए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş