गजलडोबा (निसं): सिलगढीको एउटा स्वयंसेवी संस्थाले गजलडोबाको टिस्टा नदीको तट इलाकामा बस्ने आवश्यकमन्द मानिसहरूलाई पुजाको लागि नयाँ लुगा-फाटाहरू वितरण गऱ्यो। प्रात जानकारी अनुसार आज राजगञ्ज ब्लकको गजलडोबा संलग्न मिलनपल्ली इलाकामा स्वयंसेवी संस्थाले लगभग एक सय मानिसहरूलाई विभिन्न लुगाफाटाहरू वितरण गऱ्यो। दुर्गोत्सव भन्दा अघि नयाँ लुगाफाटा पाएपछि तिनीहरू औधी खुसी भए। यस सम्बन्धमा स्वयंसेवी संस्थाका अध्यक्ष प्रल्लाद नन्दीले भने, सिक्किममा भएको प्राकृतिक दुर्घटना पछि टिस्टा नदीको जलस्तर निक्कै बढेपछि यसले सिक्किम लगायत यता, बंगालमा पनि धेरै क्षयक्षति पुऱ्याएको छ। यसैक्रममा गजलडोबाको टिस्टा तट इलाकाको मानिसहरूलाई पनि यसले धेरै प्रभाव पारेको छ। यसैबीच, बंगाली- नेपालीहरूको दुर्गोत्सव एउटा महान चाँड हो। यसैले टिस्टा नदीले प्रभावित मानिसहरूको सहयोगका लागि तिनीहरूलाई लुगाफाटाहरू वितरण गरिएको तिनले बताए।
Jalpaiguri, North Bengal, Uncategorized
गजलडोबाको टिस्टा नदीको तट इलाकामा बस्ने आवश्यकमन्द मानिसहरूलाई लुगा-फाटा वितरण
16
Oct
Oct