गाँजा तस्करी गर्न अगावै एकजना तस्कर पक्राउ

फाँसीदेवा, 31 अगस्त (निसं) : गाँजा तस्करी गर्न अगावै पुलिसले फाँसीदेवाको मोहम्मद बक्स मोडबाट 23 किलोग्राम गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम राजदीप प्रमाणिक हो। तिनी दक्षिण दिनाजपुरको पाटीराम निवासी हुन्।
प्राप्त जानकारी अनुसार, गत राति पुलिसले पेट्रोलिङ गरिरहेको अवधि फाँसीदेवाको मोहम्मद बक्स मोडमा संदिग्ध बाइक सवार एकजना व्यक्तिलाई रोकेर फाँसीदेवा थाना पुलिसले सोधखोज गरे। यसपछि तिनलाई छानबिन गर्दा प्लास्टिकमा लपेटेको एउटा ठूलो प्याकेट उद्धार भयो। उक्त प्याकेटबाट पुलिसले गाँजा उद्धार गऱ्यो।
पुलिस सूत्र अनुसार, पक्रा पर्ने व्यक्ति कोचबिहारबाट बालुरघाटमा गाँजा बिक्री गर्ने उद्देश्यले आएका थिए। आज शनिवार पक्रा पर्ने व्यक्तिलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *