गलत नेतृत्वले गर्दा नै निर्दोषहरू शहीद भएको मोर्चा उपाध्यक्ष पोख्रेलको आरोप

बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा)-का उपाध्यक्ष सतीश पोख्रेलले गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका रेलिङ निवासी महेश गुरुङको घर पुगेर तिनका परिवारका सदस्यहरूसँग भेटघाट गरे। तिनले शहीद महेश गुरुङलाई श्रद्धा सुमन अर्पण गर्दै श्रद्धाञ्जलि चढाए। यस अवसरमा तिनले गलत नेतृत्वको कारणले गर्दा नै हाम्रा तीन भाईहरू क्रमशः  महेश गुरुङ, सुनिल राई र बिमल साशंकर शहीद भएको दावी गरे। तिनको भनाइअनुसार नेता अथवा सेना प्रमुख ईमान्दार हुने हो भने आफू पनि बाँच्नुपर्छ अनि आफ्नो सेनालाई पनि बचाएर लडाइँ जित्नुपर्छ। तर तत्कालीन गोजमुमो अध्यक्ष बिमल गुरुङको गलत नेतृत्वको कारणले गर्दा नै तीनजना शहीद भएको तिनले गम्भीर आरोप लगाए। शहीदको बलिदान र त्यागको कदर गर्दै प्रत्येक वर्ष नै आफू शहीदहरूको घरमा जाने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş