गङ्गा महानन्दा चेतना मञ्चको तर्फबाट महानन्दा आरतीको आयोजना

सिलगढी : महानन्दा नदीलाई बचाउने तथा प्रदूषण मुक्त गर्नको लागि गङ्गा महानन्दा चेतना मञ्चको तर्फबाट महानन्दा आरतीको आयोजना गरियो। प्रत्येक महीनाको अन्तिम आइतबार महानन्दा निरञ्जन मौलिक घाटमा एक हजार दीप जलाएर महानन्दा आरती गर्ने गरिन्छ। यसै क्रममा आज महानन्दा आरतीको आयोजना गरियो। यस अवसरमा संस्थाका सदस्यहरू लगायत साधारण मानिसहरू पनि सामेल थिए। यस सम्बन्धमा संस्थाका सचिव अशोक गोयलले भने, महानन्दा नदी हाम्रो सहरको आमा हो। यसैले नदीलाई बचाउनको लागि  उक्त पहल गरिएको छ। उक्त कार्यक्रममा सरकारबाट पनि सहयोग पाउने तिनले आशा व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *