गाँजासहित महिला पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको डाङ्गुजोत बी कम्पनीका जवानहरूले ने सिनघ्याजोत बस स्ट्यान्ड नजिक गाँजासहित 40 वर्षीय अनिता कार्जीलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनका डाङ्गुजोत बी कम्पनीका जवानहरूले सिन्घ्याजोत बस स्ट्यान्डमा उक्त महिलालाई रोकेर छानबीन गर्दा दुईवटा प्याकेटमा 2 किलो गाँजा उद्धार गरेको छ। जवानहरूले उक्त महिलासित सोधखोज गर्दा तिनले उक्त गाँजा कसैलाई दिनको लागि ल्याएको बताइन्। एसएसबीले जफत गरेको गाँजासहित पक्राउ गरेको महिलालाई खोरीबारी थानालाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet