गान्तोक : सिक्किमको राजधानी गान्तोकको प्रमुख व्यापार केन्द्र रहेको लाल बजारमा व्यापारी कोरोना संक्रमित भएको पुष्टि भएपछि यसलाई कन्टेन्टमेन्ट जोन घोषणा गरेको छ। यसको साथै राज्यका पुलिस अधिकारीहरू तथा सम्बन्धित विभागीय अधिकारीहरूले आज दिउँसो घटनास्थल परिसरमा पुगेर यहाँका सबै पसलहरू बन्द गर्ने निर्देश दिएका छन्।

यसबाहेक लाल बजार अनि यसको परिसरमा सेनिटाइज पनि गरिएको छ। सम्बन्धित अधिकारी सूत्रले दिएको जानकारी अनुसार लाल बजारका व्यापारी कोरोना पोजेटिभ भएपछि नै कन्टेन्टमेन्ट जोन घोषित गरिएको छ भने आजदेखि यहाँका सबै दोकानहरू बन्द गरिने निर्णय लिएको छ।
