दार्जिलिङ: दार्जिलिङ पहाडको आकाशबाट फेरि एउटा तारा अस्त भयो। भारतीय गोर्खा जातिलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिनिधित्व दिने पहाडको छोरो सबैको प्रिय गनू गिरी उर्फ गुरुजीको निधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले गहिरो शोक प्रकट गर्दै तिनले निधनले गोर्खा जातिको लागि ठूलो क्षति पुगेको बताएका छन्। गनु गिरी, भारतीय बडी बिल्डिंग समितिको सदस्य साथै अन्तर्राष्ट्रिय बडी बिल्डिंगका निर्णायक, अब हामी माझ रहेनन्। तिनको अन्तिम दर्शन गर्न साथै श्रद्धाञ्जली अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, प्रवक्ता दुर्गा खरेल, विजय राई लगायत अन्य तिनको वासस्थान पुगेर खदा-माला चढाए।
