गाउँले महिलाहरूको रुपियाँ ठगेको आरोपमा समीमा खातून पक्राउ

खोरीबारी: खोरीबारी ब्लकको प्रेताजोतमा एकजना महिलामाथि स्थानीय महिलाहरूको धेरै रुपियाँ ठगेको आरोप उठेको छ। आरोपी महिला समीमा खातून विरुद्ध खोरीबारी थानामा मामिला दर्ता गरेपछि तिनलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गरियो। अदालतले उक्त महिलालाई सात दिनको लागि खोरीबारी पुलिस हिरासतमा पठाएको छ। प्राप्त जानकारी अनुसार विगत तीन वर्ष अघिदेखि नै आरोपी महिलाले ईलाकाका महिलाहरूबाट ब्याज दरमा धेरै रूपियाँ लिएकी थिइन् तर कोभिड -19 को कारण जारी लकडाउनले गर्दा तिनले ब्याज समेत दिन छोडेपछि महिलाले तिनलाई पक्रिएर रूपियाँ फर्काइदिने माग गरे। उक्त घटनाको जानकारी पाएर खोरीबारी थाना पुलिसले घटनास्थलमा पुगेर उक्त महिलालाई साथमा लिएर गए। यसपछि थानामा धेरै संख्यामा भेला भएर महिलाहरूले समीमा खातून विरूद्ध धेरै रूपियाँ ठगेको आरोप लगाएर लिखित अभियोग दर्ता गरेपछि तिनलाई पुलिसले पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *