मिरिक (निसं): मिरिक नगरपालिका वार्ड नम्बर तीन अप्पर थाना लाइनको सक्रिय गैर सरकारी संस्था गाउँ सुधार समितिले आज मिरिक महकुमा शासक कार्यालयदेखि कृष्णनगर स्ट्याण्डसम्म सर सफाई अभियान चलायो। आफ्नो ठाउँलाई आफै सफा गरौँ भन्ने नाराको साथमा गरिएको सफाई अभियानमा समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। समितिका सदस्यहरूले मुख्य सडक पनि सर-सफाई गरे। समितिका उमेश तोलाङ्गीले नयाँ वर्षको दिन मिरिक पर्यटन केन्द्रमा धेरै पर्यटकहरू आउने गरेको अनि यहाँ आउने पर्यटकहरूले सफा वातावरणमा घुम्न सकोस् भनेर सफाई अभियान चलाएको बताए।