गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा प्रेमी पक्राउ

खोरीबारी : प्रेमिकाको हत्या गरेको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत शुक्रबार राति रेल लाइन नजिकबाट एउटी किशोरीको शव उद्धार भएको थियो। किशोरी निखोज भएको बारेमा परिवारका सदस्यहरूले खोरीबारी थानामा अभियोग दर्ता गरेको थियो। परिवारका सदस्यहरूले गत शनिबार सोशल मिडियामा किशोरीको फोटो देखेपछि उत्तरबंग मेडिकल कलेजमा गएर किशोरीको पहिचान गरेका थिए। यसपछि परिवारका सदस्यहरूले किशोरीको प्रेमी विरुद्ध थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा गत अबेर राति प्रेमीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पोस्टमार्टम रिपोर्ट अनुसार मृतक किशोरी गर्भवती थिइन्। पक्रा परेका आरोपीलाई कठोर सजाय दिइनुपर्ने मृतकको परिवारका सदस्यहरूले माग गरेका छन्। आज किशोरीको मृतदेह तिनको घरमा ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *