खरसाङ: खरसाङ खण्डको गाड़ीधुरास्थित मरियनबारी सार्वजनिक भवनमा गोजमुमो लङ्गभिउ पङ्खाबारी अम्बटे समष्टि नारी मोर्चाको एउटा महत्वपूर्ण सभा रिना लामाको सभपतित्वमा आज सम्पन्न भयो। तीन घण्टासम्म चलेको सभामा उपस्थित सम्पूर्ण समष्टिका नेतृत्वहरूले आ-आफ्नो समस्या गुनासो साथै संगठनलाई कसरी दह्रिलो बनाएर अगाड़ी लैजान विषयमा चर्चा-परिचर्चा गरियो। सभामा मन्ती सुनारलाई दुधेको तीनैवाट बुथको नारी मोर्चा संयोजिका चयन गरियो भने पङ्खाबारी बुथको नारी मोर्चा संयोजिका सुनिता लामालाई चयन गरियो। यसको घोषणा बीओए सदस्य अनु प्रधानले गरिन्। तिनले सभालाई सम्बोधन गर्ने क्रममा अब धारावाहिक रूपमा नारी मोर्चालाई स्वतन्त्र रूपमा कार्य गर्न प्रत्येक बुथमा सभा गर्नुपर्ने बताउँदै अब सबैले पार्टी अनि संगठनलाई प्रत्येक क्षेत्रमा सक्रिय बनाएर लैजाने आग्रह पनि गरिन्। गोजमुमो समष्टि सभापति प्रणाम रसाइलीले प्रत्येक दिननै हाम्रो निम्ति चुनाउ सम्झिएर पार्टी विस्तारको निम्ति लागि पर्ने सुझाउ राखे। सभामा गोजमुमो नारी मोर्चा केन्द्रिय समिति महासचिव मैया ठकुरी, खरसाङ महकुमा समिति सभापति अनु प्रधान, लङ्गभिउ पङ्खाबारी अम्बटे समष्टि अध्यक्ष प्रणाम रसाइली, सचिव ललित प्रधान, सहसचिव कुनाल छेत्री, समष्टि नारी मोर्चा सभापति रिना लामा, सचिव सत्या गोले, प्रचार प्रसार सचीव फुलचन्द कुजुर, खरसाङ महकुमा मिडिया प्रभारी अनुप रामुदामुको विशेष उपास्थिति रहेको थियो।