सिलगढी : गत 24 घण्टाको अवधिमा दार्जिलिङ जिल्लामा मोठ 420 वटा नयाँ कोरोना संक्रमितको मामिला प्रकाशमा आएको छ, जसमा सिलगढी नगरनिगम क्षेत्र लगायत जलपाईगढीका केही भागहरू सामेल रहेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगम क्षेत्रबाट 185, दार्जिलिङ नगरपालिका क्षेत्रबाट 12, सुकनाबाट 24, खरसाङबाट 11, बिजनबारीबाट 3, सुकेपोखरी 4, मिरिक 16, तकदाह 9, मतिगढाबाट 123, नक्सलबारीबाट 15 र फाँसीदेवा 11, खोरीबारी 7 जना कोरोना संक्रमित भएको छ। सिलगढी नगरनिगम लगायत जलपाईगढीको केही भागमा गत 24 घण्टाको अवधि 238 नयाँ कोरोनाको मामिला प्रकाशमा आएको छ। गत 24 घण्टाको अवधिमा 250 जना कोरोना संक्रमितहरू (होम आइसोलेसन लगायत) स्वस्थ भएका छन्।