गतिधारा प्रकल्प लाभार्थी चालकहरूले गोरुबथानदेखि माल बजारसम्म निकाले पदयात्रा

गोरुबथान :गतिधारा प्रकल्प लाभार्थी चालकहरुको समूह तराई डुवर्स गतिधारा ट्याक्सी ड्राइभरले आज सरकारको ध्यान आकर्षण गराउँदै गोरुबथानदेखि माल बजारसम्म पदयात्रा गऱ्यो। गतिधारा लाभार्थीहरुले हालमा आफ्नो मासिक किस्ति बुझाउन सकिरहेको छैनन्। यो महामारीको बेला परिवार धान्न धौ धौ परिरहेको बेला गाडीको किस्ति बुझाउन पर्दा झन साह्रो परिरहेकोले गर्दा गतिधारा लाभार्थीहरु मानसिक तनाउसित जुझ्न परिरहेको छ। यसकारण सरकारले तिनीहरुको समस्यालाई निराकरण गरिदिया जावोस् भन्ने तिनीहरुको भनाई रहेको छ। आफ्नो आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनलाई आफुहरुले आज गोरुबथानदेखि माल बजारसम्मको पदयात्रा गरेको बताएका छन्। यस महामारीमा कोरोना प्रोटोकललाई मध्यनजर गरेर निकालिइएको आजको पदयात्रामा दिनेश विश्व, विद्धुत शाह, ज्योतिष ईक्का, दिपेश सुन्दास, मन्जु राई, नरेश छेत्री, बिजय पाल, बिमल प्रधान,सानु लामा आदिले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *