खरसाङ : खरसाङको डाउहिल निवासी ख्यातिप्राप्त गायिका सुनिता गजमेरको भिडियो गीत सार्वजनिक गरिएको छ। गीतकार उमेश कार्कीढोलीको शब्द र राजु सुन्दासको संगीतमा रहेको भिडियो गीत आज सार्वजनिक गरियो। उक्त गीतको भिडियो तीनधारेको दुमी इन्टरप्राइसले तयार पारेको छ भने भिडियोको लागि क्यामेरा, कन्सेप्ट, निर्देशन र सम्पादन तीनधारे निवासी सुकराज दुमी राईको रहेको छ। उक्त भिडियो गीतलाई गायिका सुनिता गजमेर, दार्जीलिङका संगीतकार एवम् पत्रकार आदित्य राया, किरण गुरुङ आदिको बाहुलीबाट सार्वजनिक गरिएको छ। गायिका सुनिता गजमेरले लामो समयदेखि गायन क्षेत्रमा धेरै काम गरिरहेकी छन् भने उनले धेरै गीतहरूमा आफ्नो स्वर दिएका छन्। उनको हालैमा “कहिले काहीं तिमीले पनि” नामक बोलको गीत पनि सार्वजनिक गरिएको थियो जसको शब्द संगीत प्रसिद्ध संगीतकार पेमा लामाको शब्द संगीत रहेको जानकारी प्राप्त भएको छ। गायिका गजमेरले भविष्यमा पनि वरिष्ठ अनि ख्यातिप्राप्त गीतकारहरूको शब्दमा रहेको गीतहरूमा आफ्नो स्वर दिने इच्छा व्यक्त गरेका छन्।