कालेबुङ : कालेबुङ जिल्लाको राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने गेल खोलाका 25 परिवारले आज गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएको छ। गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनाल, युवा मोर्चा जिल्ला सह-सचिव अभिषेक मोथे, बिजय छेत्री आदिको प्रमुख अतिथिमा सम्पन्न एउटा कार्यक्रममा 25 परिवारलाई पार्टीको झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। अभिषेक मोथेको पहलमा सम्पन्न आजको कार्यक्रममा स्थानीय नारी तथा युवाहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा वक्ताहरूले पार्टी अध्यक्ष बिमल गुरूङको नेतृत्वमा पहाड, तराई-डुवर्सको भविष्य सुनिश्चित हुने कुरामा विश्वस्त व्यक्त गरे।
