घरेलु झगडाले गर्दा धारिलो हतियारले प्रहार गरेर लोग्नेद्वारा स्वास्नीको हत्या

कालचिनी: कालचिनी ब्लकको हाँसीमारा इलाकामा एकजना व्यक्तिले स्वास्नीको हत्या गरेर इलाकामा घुमिरहेका थिए। तिनको लुगामा खुनको दाग देखेर पुलिसलाई सन्देह लागेपछि सोधखोज गर्दा तिनले स्वास्नीको हत्या गरेको कुरा स्वीकारेपछि पुलिसले तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो हाँसीमारा आमतला इलाका निवासी बबलु जायसवाल र तिनकी स्वास्नी बिन्दु प्रसाद जायसवालमाझ झगड़ा हुँदा बबलुले धारिलो हतियारले स्वास्नीलाई प्रहार गरेर घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। स्थानीय मानिसहरूले खुनले लतपत अवस्थामा उक्त महिलाको शव देखेपछि पुलिसलाई घटनाबारे जानकारी दिए। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरे। उक्त घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *