घरमा चोरी गरेको आरोपमा युवक पक्राउ

सिलगढी, 11 सितम्बर (निसं): चोरीको घटनाबारे अभियोग दर्ता गरेको 12 घन्टाको अवधिमा नै पुलिसले चोरलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम प्रकाश कुमार शर्मा (20) हो। तिनी सिलगढी गुरूङ बस्ती इलाका निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार मंगलबार गुरूङ बस्ती इलाकाको एउटा घरमा चोरीको घटना भएको थियो। यसपछि परिवारका सदस्यहरूले प्रधान नगर थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले सीसीटीभी फुटेजको सहयोगमा चोरलाई चिन्हित गरेपछि राति नै गुरूङ बस्ती बजारबाट चोरीको आरोपमा प्रकाश कुमार शर्मालाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *