सुकेपोखरी: पोख्रेबुङ नागरी क्षेत्रमा घरमा पालिएको मौरीको अस्तित्व सङ्कटमा परेको छ। यहाँको मौरी पालकहरूको भनाई अनुसार घरबाट मौरी मासिँदै जाँदैछ। मौरी पालनमा अनुकूल मौसम नरहेर अथवा अन्य कारणले मौरी हराएर जाने गरेको तिनीहरूको भनाई रहेको छ। सम्बन्धित विशेषज्ञहरूले यस समस्याको समादान गरिदिए उचित हुने तिनीहरूले बताएका छन् ।