घर नजिकको पोखरीबाट व्यक्तिको शव उद्धार

राजगञ्ज, 2 सेप्टेम्बर (निसं): घर नजिकको पोखरीबाट एकजना व्यक्तिको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। यो घटना राजगञ्जको मगराडांगी संलग्न इलाकाको कामिनी नगरको हो। मृतकको नाम सुशान्त मण्डल (40) हो। स्थानीय सूत्र अनुसार पहिला सुशान्त मण्डलले सिटी अटो चलाउँथे। तिनको घरमा पत्नी अनि 2 जना नानीहरू छन्। तिनी धरे अघिदेखि बिमार थिए अनि तिनले ससुराली घरमा बसेर उपचार गराइरहेका थिए। शनिवार सुशान्त मण्डल आफ्नो घर आएका थिए। आइतबार साँझ तिनी घरबाट निखोज थिए। आज बिहान घर नजिकको पोखरीबाट पम्पसेटबाट पानी कम्ती गरेपछि पोखरीमा तिनको शव फेला पऱ्यो। यसपछि घटनाको जानकारी पुलिसलाई दिए। खबर पाएपछि राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाइ दिए। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş