घाटहरू नखोलेपछि आजदेखि ट्रक मालिकहरूद्वारा ‘कि डाउन’ सुरू

खरसाङ (निसं): नदी र खोलामा घाटहरू नखोलिएको विरोधमा ट्रकहरूका मालिकहरूले आजदेखि कि डाउनसुरू गरेका छन्। दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीले यस विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै विगत एक महिनादेखि खोलाको घाट बन्द छ र यस विषयमा हामीले जीटीए चिफ् र दार्जिलिङ जिल्ला शासकलाई पनि ज्ञापन दिएको तर अहिलेसम्म नखोलिएको बताए। यसको साथै विगत 11 फरवरीको दिन सिलगढीमा सभा बसे पनि सभामा कुनै छलफल नभएर विफल भएको तिनले बताए।


तिनले अझ भने, हामीले हिज मात्र ट्रक मालिक र ट्रक चालक संगठनले गिध्द पहाड़स्थित कार्यालयमा सभा बसेर नदी र खेलाको घाट नखोलिएसम्म आजदेखि ट्रकहरू कि डाउन-मा जाने अनि गाडी नचलाउने निर्णय लिएको हो। मन्ना त्रिखत्रीले मधेशको घाटहरू बन्द भए तापनि जीटीए क्षेत्रको घाटहरू खोलिदिनु पर्ने एसोसिएशनको मांग रहेको बताएका छन्। तिनले आगामी बुधवारसम्म पनि मांगहरू पूरा नभए हामी आगामी बिहीबारको दिन दार्जिलिङ जिल्लापालको कार्यालय र लालकोठी पुगेर जीटीए चिफलाई भेट्ने साथै ट्रकहरूको चाबी पनि बुझाउने भएको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş