जलपाईगढी : जलपाईगढी सदर अस्पतालको मदर एन्ड चाइल्ड हब-मा आमाले दुध खुवाइरहेको समय घाटीमा दुध अड्केर नवजात शिशुको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि परिवारमा शोकको लहर छाएको छ। प्राप्त जानकारीअनुसार जलपाईगढी जिल्लाको भक्तिनगर थाना अन्तर्गत मन्तादारी इलाका निवासी प्रतिमा रायलाई गत 6 सेप्टेम्बरमा जलपाईगढी मदर एन्ड चाइल्ड हब-मा भर्ना गरेपछि 9 सेप्टेम्बरमा तिनले एउटा शिशु कन्यालाई जन्म दिइन्। जन्मदेखि नै नवजात शिशुलाई जन्डिस भए तापनि स्वस्थ रहेको थियो। गत राति प्रतिमा देवीले आफ्नो शिशुलाई दुध खुवाइरहेको समय तिनको घाटीमा दुध अड्किँदा त्यहाँ कार्यरत नर्सिङ स्टाफहरू घटनास्थलमा पुगेर शिशुलाई बचाउने प्रयास गरे तापनि राति लगभग 11 बजेर 45 मिनटमा शिशुको मृत्यु भएको बताइएको छ।