घैयाबारीको कोरोना संक्रमित क्षेत्रमा बिमलपन्थी गोजमुमोद्वारा सेनिटाइज

खरसाङ : खरसाङ खण्डको घैयाबारी क्षेत्रमा केही दिन अघि सातजना कोरोना संक्रमित भएकोले घैयाबारीको उक्त क्षेत्रमा आज बिमलपन्थी गोजमुमोद्वारा सेनिटाइज गरियो। घैयाबारीको विभिन्न क्षेत्रमा आज बिमलपन्थी युवा मोर्चाद्वारा पदाधिकारीहरूको उपस्थितिमा घैयाबारीको कोभिड प्रभावित क्षेत्रहरूमा सेनिटाइजको कार्य सम्पन्न गरिएको छ। यस विषयमा बिमलपन्थी युवा मोर्चाका घैयाबारी खण्डको सभापति दिप सन्यासीले बताए अनुसार गोजमुमो अध्यक्ष बिमल गुरुङले हामीलाई कोरोना भाइरसको खतरालाई मध्य नजर राखेर सेनिटाइजर, माक्स र पीपी किट्सहरू उपलब्ध गराएका थिए। यसैले आज युवा मोर्चाद्वारा घैयाबारीको विभिन्न क्षेत्रहरूमा सेनिटाइजको कार्य सम्पन्न गरेको तिनले बताए। तिनले घैयाबारी क्षेत्रमा कोरोना संक्रमित पाइएपछि स्थानीयहरूमा डरको माहोल भए तापनि सबैलाई नडराई बस्ने तर सँधै मास्क लगाउने, सामजिक दुरीलाई पालन गर्ने र सचेत रहने आह्वान गरे। संक्रमण हुन अघि नै सचेत भएको राम्रो र कोरोना भाइरससित जुझ्न सबैजना एकजुट हुनपर्ने र एकत्रित भएर कार्य गर्ने तिनले सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş