नक्सलबारी: घोषपुकुर ट्राफिक पुलिसको तर्फबाट सड़क सुरक्षा सप्ताह अन्तर्गत आज खोरीबाड़ीको पानीट्याङ्की फ़्लाइओभर नजिक निःशुल्क नेत्र चिकित्सा शिविरको आयोजना गरियो। घोषपुकुर ट्राफिक पुलिस ओसी संजीव दत्ताले यसबारे जानकारी दिँदै बताए अनुसार सड़क सुरक्षा सप्ताहलाई ध्यानमा राखेर आज निःशुल्क नेत्र चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरै संख्यामा वाहन चालकहरूसहित स्थानीय मानिसहरूले आँखा जाँच गराए। आँखा रोगीहरूलाई नि:शुल्क चिकित्सा सहित दवाई अनि चश्मा पनि वितरण गरियो।