गोजविमो मिरिक समितिका सचिव जुगल प्रधानले दिए राजिनामा

मिरिक : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा मिरिक महकुमा समितिका सचिव जुगल प्रधानले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन्। तिनले एउटा भिडियो जारी गरेर उक्त घोषणा गरेका हुन्। भिडियोमार्फत् तिनले उक्त पदमा रहेर विद्यार्थीहरूको निम्ति खासै केही काम गर्न नसकेको अनि माथिल्लो तहबाट पनि आफूलाई कुनै सहयोग प्राप्त नभएकोले गर्दा राजीनामा दिने निर्णय लिएको तर साधारण सदस्य भएर बस्ने तिनले उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *