कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिलाई अझ सुदृढ़ बनाउन मोर्चा केन्द्रीय सदस्य सामुएल गुरुङलाई जिल्ला समिति कार्यकारी अध्यक्ष चयन गरिएको छ। पार्टी केन्द्रीय समितिको बैठकपछि बसेको जिल्ला समितिको आकस्मिक सभामा उक्त निर्णय लिएको जिल्ला प्रवक्ता भुवन पी. खनालले जनाएका छन्। पार्टीको संस्थापक अध्यक्ष बिमल गुरुङको उपस्थितिमा भएको सभामा जिल्ला अध्यक्ष डा. आरबी भूजेल लगायत केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो। संगठनलाई अझ राम्रो बनाएर जनमुखी कार्यक्रम अघि बड़ाउन सबैको सल्लाह लिएर यो निर्णय लिएको पार्टी अध्यक्ष बिमल गुरुङले जनाएका छन्।
