चुङथुङ : गोजमुमो 2 केन्द्रीय समिति सदस्य मणि कुमार राईको अध्यक्षतामा चुङथुङ पारिजात रंगशाला भवनमा एउटा सभा सम्पन्न भयो। सभामा चुङथुङ मेरीबुङ तामसाङ समष्टि युवा मोर्चाका समितिलाई पुनः गठन गरियो। दार्जिलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्त मणि थुलुङको प्रमुख उपस्थितिमा गरिएको नयाँ समितिमा सभापति सर्जु छेत्री, कार्यकारी सभापति सुन्दर राई, उपसभापति उर्गेन सुब्बा, सुमत राई, कृष्ण बराइली, सचिव सिद्धार्थ थापा, सहसचिव विश्वराज सुब्बा, बिरू राई, सुजय प्रधान, कोषाध्यक्ष ज्योति तामाङ, रितेस राई, प्रवक्ता बिक्की तामाङ, मन्जिल छेत्री लगायत 76 जना सदस्यहरू चयन गरियो। दार्जिलिङ महकुमा समिति अध्यक्ष आलोक कान्त मणि थुलुङ, प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा महासचिव अरूण छेत्री आदिले सभालाई सम्बोधन गरेका थिए। सभामा समष्टिमा भएको 22 वटा बुथबाट युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।