गोजमुमो 2 खरसाङ टाउन कमिटीको वार्ड पसौँ अभियान अन्तर्गत 13 नम्बर वार्डमा सांगठनिक सभा सम्पन्न

खरसाङ: अनित खेमा गोजमुमो खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान अन्तर्गत आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 13 मा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभालाई पासाङ टेण्डुपले अध्यक्षता गरेका थिए भने अरूण गिरीले सञ्चालन गरेका थिए। सभामा युवा मोर्चाका खरसाङ टाउन कमिटिको सचिव बिरेस लामा, नारी मोर्चाका टाउन कमिटीका सचिव दिपा छेत्री, 29 नम्बर समष्टिको सचिव भक्तिमान तामाङ, गोजमुमो खरसाङ टाउन कमिटीका सचिव सूर्य कमल छेत्री, वार्ड नम्बर 13 को वार्ड पार्षदिका अमिता लामाले वक्तव्य राखेका थिए। वक्ताहरूले आफ्नो वक्तव्यमा वार्ड पसौं अभियानको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरे। गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 1 देखि लगातार रूपमा वार्ड पसौं अभियान अन्तर्गत विभिन्न वार्डहरूमा सांगठनिक सभाहरू र प्रशाखा गठनको कार्य लगातार रूपमा गरिरहेको छ। आजको सभामा गोजमुमो टाउन कमिटीका सभापति राजु शर्मा, सचिव सूर्य कमल छेत्री, सांगठनिक सचिव दिपेन्द्र सेवा, प्रचार प्रसार सचिव बीरबल पाख्रीन उपस्थित थिए। सभापछि आजको सांगठनिक सभा र वार्ड पसौं अभियान विषयमा गोजमुमो खरसाङ टाउन कमिटीका सचिव सूर्य कमल छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *