खरसाङ: गोजमुमो अनित खेमा खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान लगातार रूपमा चलिरहेको छ। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पार्टीको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा वार्ड नम्बर 17 को सभापति कमल निरौलाको अध्यक्षता र दयाराम शर्माको सञ्चालनमा सम्पन्न भयो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ टाउन कमिटिका सचिव सूर्य कमल छेत्रीले वार्ड पसौं अभियान र सांगठनिक सभा विषयमा विस्तृत रूपमा जानकारी गराए।
